सूचनाको शक्ति - The Power Of Information

        

देशभर १२ हजार कमाण्डो रहेको बताउने ‘दयालु’ प्रहरी फन्दामा

बाँके । प्रदीप ओली ‘दयालु’ बाँकेको नेपालगन्जबाट पक्राउ परेका छन् । १५ महिनाअघि उनले नेपालगन्जको पुष्पलाल चोकमा बम राखेका थिए । सोही आरोपमा त्यतिबेला पक्राउ परेका दयालु तीन दिनअघि मात्र जेलबाट छुटेका हुन् ।

आफुलाई हामी नेपाली, हाम्रो नेपाल नामक पार्टीको पूर्वअध्यक्ष रहेको बताउने ‘दयालु’लाई बाँके प्रहरीले पक्राउ गरेको हो । उनले आजै नेपालगन्जस्थित एक होटलमा पत्रकार सम्मेलन गरेर आफ्नो पार्टीसँग देशभर १२ हजार कमाण्डो रहेको बताएका थिए ।

आफ्नो पार्टीसँग १२ हजार कमाण्डो रहेको खुलेआम बताएपछि जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको बिशेष टोलीले उनीलाई पक्राउ गरेको हो । जाजरकोट घर भएका ‘दयालु’लाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको बाँकेका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतवार १५:४३