सूचनाको शक्ति - The Power Of Information

        

मल र विषादी छर्न ‘ड्रोन’

तुलसीपुर । अब मल र विषादी छर्न ड्रोनको प्रयोग गरिने भएको छ । प्रदेश नं ५ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक मल र विषादी छर्ने ड्रोन भित्र्याइ दाङको बेलझुण्डीमा शनिबारदेखि शुरु भएको प्रदेश एक्स्पोमा राखेको छ । आधुनिक शैलीबाट खेती गर्न उक्त ड्रोन भित्र्याएको प्रदेश नं ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले जानकारी दिइन् ।

‘हामीले कृषिमा आधुनिकीकरण गर्न खोजिरहेका छौँ, हामीले अहिले मल र विषादी छर्नका लागि ड्रोन भित्र्याएका छौँ,’ उनले भने, ‘यसले किसानलाई धेरै सहजता ल्याउँछ ।’ ड्रोनबाट मल तथा विषादी छर्ने प्रविधि सबै किसानको घरमा पु¥याउने मन्त्रालयले योजना बनाएको जनाइएको छ । एक्स्पोमा प्रदेशमा उत्पादन भएका कृषिजन्य वस्तु पनि राखिएको छ । रासस

प्रकाशित मिति : ११ फाल्गुन २०७६, आइतवार ११:४८