सूचनाको शक्ति - The Power Of Information

        

सुत्केरी महिलाको हवाई उद्धार

फाइल तस्वीर

फाइल तस्वीर

दार्चुला । महाकाली नगरपालिका–१ की एक सुत्केरीको हवाई उद्धार गरिएको छ । जिल्ला अस्पतालमा सुत्केरी भएकी ३२ वर्षीया कौसिला धामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । सुत्केरी हुनु समयअगावै धामीले बच्चा जन्माएकी हुन् ।

छ महिनामै बच्चाको जन्म दिएपछि उनलाई सघन उपचार कक्षमा राखेर उपचारका लागि कोहलपुर सिफारिस गरिएको छ । प्रजिअ यदुनाथ पौडेलको विशेष पहलमा सुत्केरीको उद्धार गरिएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिलाको उद्धार गरिएको हो । दोस्रो सन्तानका रूपमा धामीले बच्चा पाएको बताइएको छ । धामी महिला तथा बालबालिका कार्यालय नौगाडमा कार्यरत छन् । रासस

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार १६:२१