सूचनाको शक्ति - The Power Of Information

        

चरेश तस्करी धेरै, पाँच बर्षमा १८७ किलो बरामद

बाँके । नेपालमा लागुऔषधविरुद्ध देशमा कडा कानुन छ, तर यसको कारोबारमा भने कमी आउन सकेको छैन । लागुऔषध तस्करीमा संलग्नलाई नेपाल–भारत सीमामा नेपाली तथा भारतीय प्रहरीको फन्दामा पर्ने गरेका छन् । गत पाँच बर्षमा अवधिमा बाँकेमा प्रहरीले नेपालमै उत्पादन गरिएको पौने ३०० किलो चरेश, अफिम र गाँजा नियन्त्रणमा लिएको छ ।

नेपालभित्र र भारततर्फ निकासीका नेपालमै चरेश, अफिम, गाँजाजस्ता लागुऔषध यही तयार भएर नेपालका विभिन्न शहर र भारतमा तस्करी हुने गरेको छ । बाँकेमा पनि पहाडी जिल्लाबाट ल्याइएको लागुऔषध प्रहरीले नियन्त्रणमा लिंदै आएको छ । नेपालबाट गाँजा, चरेश, अफिम र भारतबाट ब्राउनसुगर, नाइट्रोजेपाम, कोरेक्स तस्करी हुने धेरै गरेको छ ।

बाँके प्रहरीको तथ्यांकअनुसार बाँकेमा पछिल्लो पाँच बर्षमा १८७ किलो ८१४ ग्राम चरेश बरामद भएको छ । आव २०७१/०७२ मा १० केजी ७५० ग्राम, २०७२/०७३ मा ३० केजी, २०७४/०७५ मा ८६ केजी २५० ग्राम, २०७५/०७६ मा ४७ किलो ८२४ ग्राम, आव २०७६/०७७ को माघ १५ गतेसम्म १२ किलो ९९० ग्राम चरेश बरामद भएको हो ।

त्यस्तै, पाँच बर्षमा ३४ किलो ८३ ग्राम अफिम प्रहरीले बरामद गरेको बाँके प्रहरीको तथ्यांकले देखाएको रहेको छ । २०७२/०७३ मा ५ केजी, आव २०७३/०७४ मा ५३ ग्राम, आव २०७४/०७५ मा ७ किलो ३०० ग्राम, आव २०७५/०७६ मा १८ किलो ५०० ग्राम, र आव २०७६/०७७ को माघसम्म ४ किलो अफिम प्रहरीले बरामद गरेको छ ।

बाँके प्रहरीले पाँच बर्षको अवधीमा ५२ किलो ४७५ ग्राम गाँजा नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, आव २०७१/०७२ मा ७ केजी ६०० ग्राम, आव २०७२/०७३ मा २५ ग्राम, आव २०७३/०७४ मा ३७ केजी १०० ग्राम, आव २०७४/०७५ मा १०० ग्राम, आव २०७५/०७६ मा २ किलो ७२० ग्राम, आव २०७६/०७७ को माघ १५ गतेसम्म ४ किलो ७०५ ग्राम गाँजा बरामद भएको हो ।

तेस्रो मुलुकमा आवतजावत गर्ने प्रमुख नाकासमेत रहेकोले नेपालगन्ज नाका हुँदै लागुऔषध अफिम, गाँजा, चरेश भारततर्फ लैजाने तथा ब्राउनसुगर, एभिल, कोरेक्स, नाइट्राजेपाम भारतबाट ल्याउने नाकाको रुपमा रहेको छ । नेपाल–भारत खुला सीमा, औद्योगिक तथा शैक्षिक क्षेत्र, भारतसँगको मुख्य औद्योगिक नाका भएकै कारण बाँकेमा लागुऔषधको कारोबार डरलाग्दो रहेको बाँकेका प्रहरी प्रमूख एवं प्रहरी उपरीक्षक बीरबहादुर ओलीको भनाई छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७६, शनिबार १५:३८