काठमाडौं । ७० करोड कमिसन काण्डका कारण गोकुल बास्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्री पद गुमाएपछि त्यो पदमा जानका पूर्वएमाले निकटका सांसदहरूले पहल शुरु गरेका छन् ।
सेक्युरिटी प्रेस खरिद प्रक्रियामा एजेन्टसँग कमिसनको मोलमोलाई गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले पदबाट राजीनामा दिएका थिए । सञ्चार मन्त्रालयमा पूर्वएमालेबाटै मन्त्री नियुक्त गरिने स्रोतले जनाएको छ ।
प्रधानमन्त्री केपी ओलीलाई भेटेर सिधै मन्त्री पद नमागेपछि सम्पर्क सूत्रहरूमार्फत केही सांसदहरूले मन्त्रीका लागि लबिङ गरेका हुन् । प्रधामन्त्री ओलीले मिर्गौला प्रत्यापण गर्नुअघि मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेको स्रोतको भनाइ छ ।
सञ्चार मन्त्री बन्ने दौडमा राजेन्द्र गौतम, महेश बस्नेत, खगराज अधिकारी, विशाल भट्टराई, प्रेम आले, सोमप्रसाद पाण्डे लगायतको नाम चर्चामा छ । यीमध्ये गौतम, बस्नेत, अधिकारी र भट्टराईको सम्भावना बलियो छ ।
सत्यपाटी ।