सूचनाको शक्ति - The Power Of Information

        

चट्याङमा लागेर दैलेखमा दुई घाइते

दैलेख । दैलेखमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ११ बजे नारायण नगरपालिका–१ पुरानो बजारस्थित ४९ वर्षीया लुरी सार्की घर नजिकैको बकाइनाको रुखमा चट्याङ पर्दा घाइते भएका हुन् ।

चट्याङको झिल्कोले बायाँ हातमा थोरै चोट लागेको सार्कीको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख (डएसपी) हरिबहादुर वलीले बताए । यस्तै गुराँस गाउँपालिका–८ लालिकाँडा नन्दराम खड्काकी नातिनी १८ वर्षीया सपना खड्का चट्याङ पर्दा घाइते भएका छन् । उनलाई उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार १६:४८