
काठमाडौं । चीनको वुहानबाट ल्याइएको १७५ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नदेखिएको पुष्टि भएको छ । बुधबार स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन गर्दै १७५ नेपालीमा संक्रमण नदेखिएको पुष्टि गरेको हो ।
वुहानबाट क्वारेन्टाइन स्थल खरिपाटीमा आएको दिन नै परीक्षणको लागि सबैको नाक र घाँटीको र्यालको नमूना लिइएको थियो । नमूना संकलन गर्न मात्र चार घण्टा लागेको थियो । क्वारेन्टाइनमा बसेकाहरूको दुई पटक स्वास्थ्य परीक्षण गरिने भनिएको छ ।
जसमा एउटा परीक्षणको नतिजा आज आएको छ भने अर्को परीक्षण चौंधौ दिनमा गरिनेछ । वुहानबाट उद्दार गरेर ल्याइएकाहरू अहिले खरिपाटीस्थित विद्युत प्राधिकरणको तालिम केन्द्रमा बसिरहेका छन् । उनीहरूलाई गत आइतबार बिहान वुहानबाट काठमाडौं ल्याइएको थियो ।
सत्यपाटी ।