काठमाडौं । प्रधानमन्त्री केपी ओलीको एन्जियोग्राफी गरिएको छ । मिर्गौला प्रत्यारोपणको तयारी अन्तरगत मुटुको अवस्था हेर्न एन्जियोग्राफी गरिएको हो । प्रधानमन्त्रीको मुटु स्वस्थ र सामान्य देखिएको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ । परीक्षणपछि प्रधानमन्त्री मङ्गलबार राति नै निवास फर्किएका छन् ।
प्रधानमन्त्रीको नियमित स्वास्थ्य परीक्षण भएको र उनी स्वस्थ रहेको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले हप्ताको एक पटक नियमित डायलायसिस गर्दै आएका छन् । १३ वर्षअघि उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो । दुई महिनाअघि एक्कासी बिरामी भएपछि उनको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो । प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गाैला प्रत्यारोपणको तयारी भइरहेको छ ।
सत्यपाटी ।