सूचनाको शक्ति - The Power Of Information

        

कोरोना भाइरस संक्रमित ऊहान अस्पतालका निर्देशकको निधन

एजेन्सी । कोरोना भाइरस जन्मिएको शहर ऊहानको उचाङ्ग अस्पतालका निर्देशक लिउ झिमिङको मंगलबार बिहानै निधन भएको छ । चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले उनको निधनबारे जानकारी दिएको छ ।

कोरोना भाइरसद्वारा संक्रमित झिमिङको उपचारको क्रममा स्थानीय समयानुसार बिहान साढे १० बजे निधन भएको बताइएको छ । करिब दुई हप्ताअघि कोरोना भाइरसको महामारीबारे पहिलोपटक चेतावनी दिने डाक्टर लि वेन्लियाङको पनि निधन भएको थियो । कोरोना भाइरसबाट सोमबारसम्म १ हजार ८७३ जनाले ज्यान गुमाएका छन् भने ७३ हजार ४३३ जना संक्रमित भएका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७६, मंगलवार १२:०१