सूचनाको शक्ति - The Power Of Information

        

पशुपतिले ल्याए, ‘जता पनि चोर, चोरजति सबैलाई हाल्नैपर्छ खोर’

काठमाडौं । गायक पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘लुट्न सके लुट्’ भाग–२ का रुपमा ‘जता पनि चोर’ बोलको गीत सार्वजनिक गरेका हुन् । शब्द, संगीत तथा स्वर पशुपतिकै रहेको गीतको भिडियो निर्देशन दुर्गा पौडेलले गरेका छन् । भिडियोमा गायक पशुपति मुख्य रुपमा फिर्चड छन् ।

‘जता पनि चोर, चोर जति सबैलाई हाल्नै पर्छ खोर’ बोलको गीतमा विद्यमान भ्रष्टाचार, वेथिति र ठग प्रवृत्तिप्रति व्यङ्य गरिएको छ । राजनीतिक तथा सामाजिक विकृतिविरुद्ध व्यङ्ग्य गरिएको गीतले विक्रिति, विसङ्गती र भ्रष्टचाररहित समाजको परिकल्पना गरेको छ । पशुपतिले गत वर्ष ‘लुट्न सके लुट् कान्छा’ बोलको गीत सार्वजनिक गरेका थिए ।

नेपालको राजनीतिक संस्कार र त्यसले सिर्जना गरेको अवस्थालाई तीखो व्यङ्ग्य गरेको उक्त गीतको राजनीतिक दल तथा तिनका कार्यकर्ताले चर्को विरोध गरेका थिए । संसदमा समेत चर्काचर्की बहस भएपछि पशुपतिले उक्त गीत आफ्नो युट्युब च्यानलबाट हटाएका थिए । त्यसकै अर्को भागमा रुपमा उनले ‘जता पनि चोर, चोर जति सबैलाई हाल्नैपर्छ खोर’ बोलको गीत ल्याएका हुन् ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार १२:१७