सूचनाको शक्ति - The Power Of Information

        

मुटुका विरामीलाई रगत दिएर बचाइयो

बझाङ । युवा संघ नेपालका दुई नेताले मुटुको भल्भ फेरेका विरामीलाई रगत दिएर बचाएका छन् । माछापुच्छे गाउँपालिका–२ कास्की घर भएकी ५२ बर्षिया पार्वती बास्तोलालाई युवा संघ नेपालका केन्द्रीय सदस्य सन्तोष सिलवाल र बझाङ जिल्ला कमिटी सचिवालय सदस्य भवसागर सिंहले रगत दिएका थिए ।

एक हप्तादेखि शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा मुटुको भल्भ फेरेपछि रगतको कमी भएकाले उपचार गराइरहेकी पार्वतीलाई आज रक्तदान गरेर आफ्नो श्रीमतिको ज्यान जोगाएको पार्वतीका श्रीमान कृष्ण बास्तोलाले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७६, शुक्रबार ११:५६