काठमाडौं । चीनबाट नेपाल ल्याइने नेपालीहरुले ६ बुँदे सर्त पालना गनुपर्ने भएको छ । बेइजिङस्थित नेपाली दूतावासले अघि सारेका ६ बुँदे सर्त पालना गरे मात्रै उनीहरु स्वदेश फिर्ता हुन पाउने भएका हुन् । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार स्वदेश ल्याइने नागरिकले क्वारेन्टाइनमा बस्दा ६ बुँदे शर्त पालना गर्नुपर्ने प्रावधान राखिएको हो ।
उनीहरुले पालना गर्नुपर्ने पहिलो सर्त चीनको हुवेइबाट नेपाल आएलगत्तै सरकारले तयार गरेको सुरक्षित क्वारेन्टाइन एरियमा १४ देखि १७ दिन वा सो चन्दा बढी बस्नुपर्छ । दोस्रो सर्त, उनीहरुले इभ्याक्युसन पश्चात मात्रै नेपाल आउनुपर्छ । तेस्रो सर्त क्वारेन्टाइनमा करिब ६० वटा कोठाहरुमा उचित दुरीको फरकमा सामुहिक रुपमा बस्नुपर्ने हुन्छ र ६ जनाले १ शौचालय प्रयोग गर्ने गरी बस्नुपर्ने हुन्छ । चौँथो सर्त, क्वारेन्टाइनमा बस्दा आफ्न्तहरुसँग भेटघाट गर्न पाइने छैन ।
पाचौँ सर्तमा क्वारेन्टाइनमा रहँदा सहजता र आरामका लागि सकेसम्म व्यवस्थित र हेण्ड हाईजिन, रेस्पिरेटरी हाइजिनलाई बढी असरदार बनाउने प्रयत्न गरिएको छ । छैटौ सर्तमा क्वारेन्टाइनमा रहँदा त्यहाँ दिइएका हरेक नियम (रुम रुल्स, रेस्ट रुम रुल्स, फुड रुल्सहरु पालना गर्नुपर्नेछ । यसरी स्वदेश आउने नेपाली नागरिकले दूतावासको ६ शर्तमा हस्ताक्षर गरेमात्रै आउन पाइने जनाइएको छ । चीनमा कोरोना भाइरसको महामारी फैलिएपछि त्यहाँ रहेका करिब २०० नेपालीहरुलाई सरकारले फागुन ३ गते स्वदेश ल्याउने तयारी गरेको छ ।
सत्यपाटी ।