सूचनाको शक्ति - The Power Of Information

        

आज विश्व रेडियो दिवस

बाँके । आज विश्व रेडियो दिवस नेपालमा विभिन्न कार्यक्रम गरी मनाईंदैछ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । विश्वमा व्यवसायीक रेडियो प्रशारण सुरु भएको ९४ वर्ष भएको छ ।

नेपालमा भने बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो ।

स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । अहिले देशका सवैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । नेपालजस्तो साक्षरता तथा शिक्षाको पहुँच कम भएको देशमा रेडियो प्रभावकारी माध्यमका रुपमा रहने गरेका छन् ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार ०९:२३