सूचनाको शक्ति - The Power Of Information

        

मनकामनापुरमा सकियो ‘शैक्षिक महोत्सव’

बाँके । बाँकेको खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मनकामनापुरमा सञ्चालित दुई दिने शैक्षिक महोत्सव सकिएको छ । दोस्रो अन्तर विद्यालय शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता २०७६ मा विभिन्न १७ विद्यामा विद्यार्थीबीच प्रतिस्पर्धा गराइएको थियो ।

खजुरा क्षेत्रका सामुदायिक, निजी र मदरसा गरी ६० विद्यालयका ६७२ विद्यार्थी सहभागी शैक्षिक महोत्सवमा अतिरिक्त क्रियाकलाप पठनबोध, अनुलेखन, चित्रकला, एकल नृत्य, हाजिरीजवाफ, कविता लेखन, एकल गायन, सामुहिक नृत्य, वक्तृत्वकला, नियात्राः, निवन्ध लेखन, वादविवाद जस्ता विद्यामा विद्यार्थीले रुचीपूर्वक भाग लिएका थिए ।

कक्षा ९ र १० तर्फ ज्ञानोदय मावि प्रथम, जेनिथ स्कूल द्वितिय र अरुणोदय तृतीय भएका छन् । कक्षा १–५ तर्फ दीपक स्कूल प्रथम, अरुणोदय द्वितिय, तिर्खा आधारभूत र जेनिथ स्कूल तृतीय भएका छन् । आधारभूत ६–८ तर्फ ज्ञानोदय प्रथम, दीपक द्वितिय, नेरा आधारभूत सिन्दुरी तृतीय भएका छन् ।

निवन्ध लेखनमा ११ र १२ कक्षातर्फ सविना चन्द (जनता नमूना) प्रथम, नम्रता श्रेष्ठ (जेनिथ) द्वितिय, शिवम श्रीवास्तव (ज्ञानोदय) तृतीय भए भने वादविवादतर्फ विद्या विक (ज्ञानोदय) प्रथम, आचल थापा(जेनिथ) द्वितिय, सोना रावल (जनता नमूना) र जक्की उल्ला सल्मानी (ज्ञानोदय) तृतीय भएका छन् ।

सफलता प्राप्त गरेका विद्यार्थी तथा विद्यालयलाई ट्रफी प्रमाणपत्र र नगद पुरस्कार वितरण गरी थप हौसला प्रदान गरिएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले शैक्षिक महोत्सव निकै उपलब्धीमुलक भएको औल्याए । उनले शैक्षिक महोत्सवले खजुरा क्षेत्रको शैक्षिक गुणस्तर बढाउन महत्वपूर्ण योगदान पु¥याएको बताए ।

दोस्रो अन्तर विद्यालय शैक्षिक महोत्सव तथा अतिरिक्त क्रियाकलाप प्रतियोगिता २०७६ सचिवालय संयोजक मित्रलाल सापकोटाले शैक्षिक महोत्सव अत्यन्तै सफल भएको प्रतिक्रिया दिए । उनले आफु सचिवालयमा रहेर काम गर्दा सहभागिता, व्यवस्थापन र दर्शकको हिसावले सफल भएको बताउँदै आगामी दिनमा समय थप गर्नुपर्ने अवस्था सृजना भएको उल्लेख गरे । विद्यार्थीको सर्वाङ्गिण विकासमा महोत्सवले टेवा पु¥याएको संयोजक सापकोटाको भनाई थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७६, बिहीबार ०७:२६