सूचनाको शक्ति - The Power Of Information

        

धाराको पानीमा बियर आएपछि…

एजेन्सी । दक्षिण भारतको केरेलाका वासिन्दाहरुको धारामा पानीको सट्टा बियर आउन थालेपछि सबै अचम्मित भएका हुन् । सामुदायिक इनारमा मदिरा लिक हुँदा पानीको सप्लाइमा मिसावट भएपछि वरपरका वासिन्दाहरुको घरमा मदिराको धारा बग्न थालेको हो । सोलोमन्स एभिन्यु अपार्टमेन्टमा बसोबास गर्ने मानिसहरुले धाराबाट गाढा रङ्को तरल बग्न थालेपछि चकित हुँदै यसबारे खबर गरेका हुन् ।

विगत ४७ वर्षदेखि सो आपर्टमेन्टमा बस्दै आएका जोसी मलिकल भन्छन्, ‘हामीले पानीको मोटर अन गर्दा धाराबाट खैरो पानी बग्न थाल्यो । यसपछि हामी यसको जाँच गर्न जाँदा ट्याङ्कमा तेलजस्तै देखिने पदार्थ पानीमाथि तैरिरहेको पाएका हौँ र त्यसबाट कडा गन्ध पनि आइरहेको थियो ।’ मलिकलका अनुसार नजिकैको रचना बार एण्ड होटलमा अघिल्लो दिन केही कामदारहरुले मदिरा व्यवस्थित गर्न ठूलो खाल्डो खनिरहेका थिए ।

केरेलाका अधिकारीहरुका अनुसार सो होटलमा कूल ६ हजार लिटर बिग्रिएको मदिरा स्टोर गरि राखिएको थियो । सिएनएनसँग एक स्थानीयले भने, ‘ती मदिराहरु २०१४ देखि एक्सपायर भइसकेका हुन् । त्यसैले तिनैको व्यवस्थापन गर्न हामीले नजिकै खाल्डो खनेका थियौँ । तर दुर्घटनावश् मदिरा नजिकैको इनारसम्म पुगेर त्यहााको पानी दुषित गराएछ । त्यहीँबाट मिसावट अपार्टमेन्टमाको सप्लाइसम्म पुगेको हो ।’ परिणाम स्वरुप अपार्टमेन्टको सिंकमा पानीको सट्टा बियर, ब्रान्डी र रम बग्न थालेको हो ।

सो अपार्टमेन्ट कम्प्लेक्समा बस्ने १८ परिवारले अहिले स्थानीय नगरपालिका समक्ष गुनासो गरेको मलिकलले बताए । उनी भन्छन्, ‘नगरपालिकाले हामीलाई यो घटनापछि ५ हजार लिटरसम्म पानी प्रदान गरिसकेको छ तर यति धेरै मान्छेहरका लागि सो मात्रा कुनै हालतमा पर्याप्त छैन । उनीहरुले पहिले नै सो जमिन बारलाई दिनुहुने थिएन । अहिले पानीको अभावले हामीलाई कठिन अवस्थामा पुर्याएको छ ।’ २०१४ मा केरेलामा मदिराको कारोबार निषेधित गरिएको थियो तर सो प्रतिबन्ध २०१७ देखि फेरि हटाइएको हो । सीएनएन

प्रकाशित मिति : २६ माघ २०७६, आइतवार ०८:१९