बझाङ । सदरमुकाम चैनपुरस्थित सडकमा राखिएको सोलार बत्तीको पोलमा आगलागी भएको छ । जिल्ला समन्वय समितिको गेट अगाडि राखिएको पोलमा राखिएको सोलारमा आगो लागेको हो । जयपृथ्वी नगरपालिकाले यसै बर्ष जडान गरिएको सोलारमा कसरी आगो सल्किएको भन्ने खुलेको छैन ।
असार महिनामा जडान गरिएको सोलार पोलमा सर्किट सर्ट भएर आगो लागेको हुनसक्ने आशङ्का गरिएको छ । कमसल उपकरण जडान गरिएकोले पटकपटक बिग्रने समस्या देखिएको स्थानीयको भनाई छ । सडक बत्तीको व्याट्री र बन कार्यालयभित्र रहेको एउटा रुखमा क्षति भएको छ ।
सत्यराज सिंह ।