सूचनाको शक्ति - The Power Of Information

        

यौन सम्बन्धले शारीरिक सुखसँगै मानसिक सहजता

एजेन्सी । यौन सम्बन्ध शारीरिक सुखका लागि मात्रै होइन । यौन सम्बन्धले शारीरिक सुखसँगै मानसिकरुपमा पनि व्यक्तिलाई सहज अवस्था प्रदान गर्छ । यसका विभिन्न स्वास्थ्य फाइदा पनि छन् । यौन सम्पर्कका बोला शरीरबाट केही यस्ता हर्मोनहरु बाहिरिन्छन्, जसले शरीरमा रहेका दुखाईहरु कम गर्न सहयोग गर्छ ।

आरामको निन्द्राका लागि यौन सम्पर्क विशेष लाभदायी हुन्छ । विशेष गरी पुरुषहरु यौन सम्पर्कपछि राम्रोसँग निदाउने गर्छन् । यौन सम्बन्धमा तनावहरुबाट मुक्त गराउन सक्ने क्षमता हुन्छ । यसलाई तनाव मुक्त हुने प्राकृतिक उपायका रुपमा लिने गरिएको छ । विभिन्न रोग लाग्ने जीवाणुसँग लड्ने क्षमता बिस्तारमा पनि यौन सम्बन्धको सकारात्मक भूमिका रहन्छ ।

हप्तामा एक–दुई पटक यौन सम्बन्ध कायम गर्दा व्यक्तिको रोग प्रतिरोधात्मक प्रणाली बलियो बन्छ । यौन सम्बन्ध र मस्तिष्कको क्षमताबिच पनि सकारात्मक सम्बन्ध रहेको छ । यौन सम्बन्धले व्यक्तिको वैचारिक सीप वा क्षमतामा राम्रो प्रभाव पर्ने गर्छ । विशेष गरी पाको उमेरका व्यक्तिमा यस प्रकारको लाभ देखिन्छ ।

मुटु सम्बन्धी रोगको जोखिम कम गर्न यौन सम्बन्ध प्रभावकारी हुने अध्ययनहरुले देखाएका छन् । हप्तामा दुई वा त्यो भन्दा बढी पटक यौन सम्बन्ध कायम गर्ने व्यक्तिमा मुटु सम्बन्धी रोग वा समस्याको जोखिम कम हुन्छ । प्रोस्टेटको सुरक्षाका लागि पनि यौन सम्बन्ध फाइदाजनक हुन्छ । बारम्बार बिर्य स्खलन हुँदा प्रोस्टेट क्यान्सरको जोखिम कम गर्न सहयोग गर्छ ।

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार ११:५१