सूचनाको शक्ति - The Power Of Information

        

गीत : ‘डेरा जमाई बस्नु’

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल

छातीमा छ सानो ठाउँ, नजर हुँदै पस्नु ।
बनाई प्रेम महल, डेरा जमाई बस्नु ।।

तिमी ढुंगा म छु माटो, एक अर्काको भर ।
ढुंगा माटो मिलेपछि, बन्छ बलियो घर ।।
चारै सुर र धुरी खामो, मज्जासँगै धस्नु ।
शंका लागे पिरतीको, फेरो लगाइ कस्नु ।।

छातीमा छ सानो ठाउँ, नजर हुँदै पस्नु ।
बनाई प्रेम महल, डेरा जमाई बस्नु ।।

दुनियाँका नजरमा, नमुना नै बनोस् ।
हाम्रो कथा सुन्नेले नि, कति राम्रो भनोस् ।।
नपरोस आँधीहुरीको, भुमरीमा फस्नु ।
सोच्नु परोस आँसुले नि,म कसरी खस्नु ।।

छातीमा छ सानो ठाउँ, नजर हुँदै पस्नु ।
बनाई प्रेम महल, डेरा जमाई बस्नु ।।

 

२३ माघ २०७६
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : २३ माघ २०७६, बिहीबार ०७:५८