बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगन्जले नापी कार्यालय बाँकेका नापी सर्वेक्षकसहित दुई जनालाई घुस रकमसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नापी सर्वेक्षक यामबहादुर खत्री रहेको आयोगको सम्पर्क कार्यालय नेपालगन्जले जनाएको छ । सेवाग्राहीसँग ३५ हजार घुस लिइरहेको अवस्थामा पक्राउ परेका खत्रीविरुद्ध अनुसन्धान भइरहेको आयोगको सम्पर्क कार्यालय नेपालगन्जका प्रमुख गणेश गैरेले जानकारी दिएका छन् ।
जग्गाको हाल साविक भिडाउने प्रयोजनका लागि नापी सर्वेक्षक खत्रीले घुस मागेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पर्क कार्यालय नेपालगन्जले जनाएको छ । सेवाग्राहीले हाल साविकका लागि माघ ८ गते निवेदन दिएको अख्तियारले जनाएको छ । निशुल्क हुने काममा अवैध रकम मागेपछि सेवाग्राहीले ३५ हजार रुपैयाँ दिएका थिए । सोही क्रममा अख्तियारले खत्रीलाई पक्राउ गरेको जनाएको छ ।
सत्यपाटी ।