सूचनाको शक्ति - The Power Of Information

        

मिर्गौला फेर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चाँडै नै एउटा मिर्गौला फेर्ने तयारी गरेका छन् । दुईवटै मिर्गौलाको समस्यामा रहेका प्रधानमन्त्री ओलीले आगामी तीन बर्षसम्म सरकारलाई गति दिनका लागि आफू स्वस्थ्य हुन लागेको बताएका छन् । प्रधानमन्त्री ओलीले मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको आफैंले जानकारी गराएका हुन् ।

‘एउटा किड्नी फेरेर सक्रियताका साथ काम गर्छु । तीन बर्षसम्म सरकारले गति लिन्छ । चुनाव गराउनुछ,’ ओलीले भने, ‘अहिले भन्दा सजिलोसँग काम गर्नका लागि फेर्ने भएको हुँ ।’ अहिलेको जमानामा मिर्गौला फेर्नु कुनै नयाँ कुरा नभएको बताएका प्रधानमन्त्री ओलीमा काम गर्ने आत्मबल बलियो देखिएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७६, बुधबार १४:२४