
काठमाडौं । नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागु हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले जारी गरेको नयाँ मूल्यसूची अनुसार पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा एक–एक रुपैयाँ घटेको हो ।
अब पेट्रोलको मूल्य ११०, डिजल र मट्टितेलको मूल्य ९९ रुपैयाँ कायम गरिएको छ । त्यसैगरी ग्यासको मूल्य बढाइएको छ । ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएर १३७५ रुपैयाँ पु¥याएको निगमले जनाएको छ । हवाइ इन्धनको मूल्य भने यथावत रहेको छ ।
सत्यपाटी ।