सूचनाको शक्ति - The Power Of Information

        

ठेकेदारको बदमासी : देशभरका ९६ वटा पुलको निर्माण लथालिङ्ग

काठमाडौँ । ठेकेदार कम्पनीको लापरबाहीका कारण देशभरका ९६ वटा पक्की पुल निर्माण कार्य अवरुद्ध बनेको छ । सोमबार प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले यस्तो तथ्यांक पेश गरेका हुन् ।

उनीहरुले पुलको निर्माण कार्य लथालिङ्ग हुँदा पनि सरोकारवाला निकाय भने मौन भएकोमा आक्रोश पोखेका छन् । योजना आयोग, अर्थमन्त्रालय र भौतिक निमाण मन्त्रालयबीच समन्वय हुन नसक्दा थप समस्या आएको सांसदहरुको भनाइ थियो ।

बैठकमा पप्पु कन्स्ट्रक्सनको बेइमानी मिडियाले खुलासा गरेपनि अन्य निर्माण कम्पनीहरुको विषयमा भने राज्य नै मौन बनिदिँदा बदमासी सार्वजनिक हुन नसकेको विषयमा कुरा उठेको थियो । हाल देशभर १६ सय वटा पल निर्माण कार्य भए पनि ९६ वटा पुल निर्माणमा समस्या भएको हो ।

प्रकाशित मिति : २० माघ २०७६, सोमबार १५:२७