
काठमाडौं । चलचित्र ‘नीरफूल’ले पोस्टरमार्फत आफ्नो फस्ट लुक सार्वजनिक गरेको छ । चलचित्र ‘नीरफूल’आउँदो फागुन ३० गते रिलिज हुँदै छ । भूकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथा आधारित चलचित्र संचारकर्मी फूलमान वलले निर्देशन गरेका हुन् ।
चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, मानस राज लगायतले अभिनय गरेका छन् । पोस्टरमा रुबी भ्याली र काठमाडौंको लोकेसन स्थापित गरिएको छ ।
रुवी भ्याली समेटिएको पोस्टरमा परिवार र प्रेम देखाइएको छ भने भूकम्पपछिको काठमाडौं समेटिएको पोस्टरमा चरित्रहरुको संघर्ष र विछोड देखाइएको निर्माण पक्षले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । चलचित्रको पटकथा सचिन घिमिरे र निर्देशक वल स्वयंले लेखेका हुन् भने सचिन एशोसिएट निर्देशकको रुपमा पनि छन् ।

सत्यपाटी ।