सूचनाको शक्ति - The Power Of Information

        

‘लभ डायरिज’को अधुरो जीवन

काठमाडौं । ‘लभ डायरिज’ फागुन २ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले ‘अधुरो लाग्छ मेरो जीवन’ बोलको रोमान्टिक गीतसमेत सार्वजनिक गरेको छ । मानसविक्रम थापाको शब्द, प्रविन पौडेलको संगीत र प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको गीतमा निर्देशक सौरभ चौधरीकै कोरियोग्राफी छ ।

गीतमा फिल्मका कलाकार सुशील श्रेष्ठ, विश्वजित रिमाल र रुविना थापाको अभिनय देख्न सकिन्छ । सौरभ चौधरीको निर्देशन रहेको फिल्ममा सुशील, रुविना र विश्वजितका अलावा बिष्णु सापकोटा, अर्जुनजंग शाही, विशाल पहारी लगायतका कलाकारको अभिनय छ । सञ्जय लामाको छायाँकन रहेको फिल्मका निर्माता विनोद सापकोटा हुन् । मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन फिल्ममा छ । युवायुवती बीचको माया प्रेम र कमेडीलाई फिल्ममा देख्न सकिने निर्देशक चौधरी बताए ।

प्रकाशित मिति : १९ माघ २०७६, आइतवार १८:०७