सूचनाको शक्ति - The Power Of Information

        

दुई गजल

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल


छोडेर तिर अनि, छल भन्छौं तिमी ।
कसेर अंगालोले, चल भन्छौं तिमी ।

खुस्स मिसाई, पिलाई अधरबाट,
प्रेमिल विषलाई, जल भन्छौं तिमी ।

पारेर गलमा, ढलाएर थलमा,
ममाथि तिमी किन, तल भन्छौं तिमी ?

आफैं उत्तेजनाको, कारक बनेर,
क्षणभरमै प्रिया, गल भन्छौ तिमी ।

हिमशिलामा, सल्काएर प्रेम अग्नी,
पग्लेपछि यो के को, भल भन्छौं तिमी ?

१६ माघ २०७६

…………………………………………………………….

तल युपी अनि माथि, खासा बन्न बेर छैन ।
झुकेर ठाडो शिर, तमासा बन्न बेर छैन ।

सोझिएनन् मेरा गोडा, सही डगरमा भने,
सपना केवल मेरो, आशा बन्न बेर छैन ।

हराई मेरो छत्तीस अक्षरको, वर्ण लपि,
यूपी विहारी अंग्रेजी, भाषा बन्न बेर छैन ।

हिजो मैले नै मेरो माटोलाई, दिएको वाचा,
मात्रै स्वार्थ सिद्ध गर्ने, झाँसा बन्न बेर छैन ।

बुद्ध जानकी भृकुटीहरु, जन्मिएको देश,
युद्ध प्रशिक्षण गर्ने, नासा बन्न बेर छैन ।

 

१७ माघ २०७६
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार ०९:०३