सूचनाको शक्ति - The Power Of Information

        

निर्भया हत्याकाण्ड : जल्लादलाई बोलाइयो

नयाँदिल्ली । दिल्लीको एक अदालतले तिहाड जेल प्रशासनलाई नोटिस जारी गरेर प्रशासनबाट निर्भया सामूहिक दुष्कर्म र हत्या घटनामा चार दोषीहरुको फाँसी टार्ने एक याचिकामाथि आज जवाफ दिन भनेको छ ।

विशेष न्यायाधीश एके जैनले तिहाड जेलका अधीक्षकलाई आज बिहान १० बजेसम्म यो याचिकाबारे जवाफ दाखिल गर्न भनेको हो । अर्काेतर्फ तिहाड जेल प्रशासनले पवन नाम गरेका जल्लादलाई बोलाएको छ । यी दोषीहरुलाई फेब्रुवरी १ मा फाँसी दिइनेछ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार ०८:४९