सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम : वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको पूर्वानुमान सूचना जारी गरेको छ । पूर्वानुमानका अनुसार आज (शुक्रबार) दिउँसो हल्का वर्षाको सम्भावना रहेको छ । हाल नेपालमा निम्न चापीय प्रणालीको प्रभाव रहेको छ भने देशका विभिन्न स्थानमा आंशिकदेखि सामान्य बदली भइरहेको छ ।

देशको मध्य र पूर्वी पहाडी क्षेत्रमा आंशिक र सामान्य बदली भएको छ भने मध्य र पूर्वी तराईका क्षेत्रमा हुस्सु लागको छ । यसैगरी पश्चिमी भूभागका केही स्थानमा भने हुस्सु लागेको छ । महाशाखाका अनुसार दिउँसो भने देशको पूर्वी भू–भाग लगायत मध्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

पुर्वी तथा मध्य पहाडी भू–भागका एक दुई स्थानमा अपरान्ह पश्चात हल्का बर्षाको सम्भावना रहेको छ । त्यस्तै, राति देशको पहाडी भू–भागमा आंशिक बदली रहि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार ०८:३५