सूचनाको शक्ति - The Power Of Information

        

बोराले च्यापिएर एकै परिवारका चारको मृत्यु

रुपन्देही । बोराले च्यापिएर रुपन्देहीमा एकै परिवारका चार जनाको मृत्यु भएको छ । बोराको थुप्रोले च्यापिएर भारत बिहारका ३० वर्षीय सहजाद हुसेन, उनकी श्रीमती २८ वर्षीया सद्धव खातुन, ६ वर्षीय छोरा सुल्तान रजा र २ वर्षीया छोरी सहिना खातुनको मृत्यु भएको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–६ पिपरहियामा आफैले संकलन गरेर राखेको बोराले च्यापेको अवस्थामा उनीहरुलाई बिहान मृत फेला पारिएको थियो । सटरभित्र तीनतर्फ नै बोराका चाङ थिए । बोराले थिच्दा उनीहरुको निसास्सिएर मृत्यु भएको आशंका गरिएको प्रहरीले जनाएको छ । उनीहरुको शव पोस्टमार्टमका लागि भैरहवास्थित भीम अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार १३:३१