सूचनाको शक्ति - The Power Of Information

        

बीबीसीमा ४५० जनाले गुमाए जागिर

लण्डन । बेलायती प्रसारण संस्था बीबीसीका ४५० जनाको रोजगारी गुमेको छ । खर्च कटौती गर्ने योजना र स्रोत तथा दर्शकहरुको आवश्यकता बदलिएको भन्दै बीबीसीले उनीहरुलाई अवकास दिइएको जनाएको छ ।

बीबीसीले बुधबार गरेको घोषणा अनुसार लामो अनुसन्धान र छलफलपछि कर्मचारी कटौती गर्ने अप्रिय निर्णय गर्नुपरेको हो । ‘बीबीसीले आफ्ना दर्शक तथा स्रोताको नयाँ चाहना र आवश्यकताका कारण नयाँ चुनौती सामना गर्नुपरेको छ, त्यही अनुसार हामीले पनि नयाँ कदमहरु चाल्न थालेका छौं,’ बीबीसीका समाचार तथा समसामयिक मामिला प्रमुख फ्रान अनस्वार्थले भने ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार ०९:१७