सूचनाको शक्ति - The Power Of Information

        

चीनले ४८ घण्टामै बनायो एक हजार शैय्याको अस्पताल

काठमाडौं । चीनले दुई दिनमै कोरोना भाइरसको उपचारका लागि एक हजार शैय्याको आपत्तकालिन अस्पताल निर्माण गरेर उपचार थालेको छ । चीनको बुहान क्षेत्रमा माहामारीको रुपमा कोरोना भाइरस फैलिएपछि उसले कोरोना भाइरसका बिरामीलाई उपचार गर्ने हजार शय्याको अस्पताल मंगलबार रातिदेखि सञ्चालनमा ल्याइएको डेली मेलले उल्लेख गरेको छ ।

यसअघि चीनले गत बिहीबार १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । मेलका अनुसार एकदिनमै भवन ठड्याइएको र कामदार तथा स्वयंसेवकहरुले निरन्तर ४८ घण्टा खटिएर सुविधा सम्पन्न अस्पतालमा रुपान्तरण गरेको जनाइएको छ । यता, चिनियाँ अधिकारीहरुले सात दिनमा अस्पताल निर्माण गरेको रेकर्ड भए पनि यसपटक ६ दिनमै सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए भने नयाँ अस्पतालमा कोरोनाका बिरामीहरुका लागि विशेष उपचार गर्ने बताइएको थियो ।

प्रकाशित मिति : १६ माघ २०७६, बिहीबार ०७:२२