सूचनाको शक्ति - The Power Of Information

        

गजल : पाप लाग्छ

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल

गण्डकी र कोशी, काली, पोसेका छौं पाप लाग्छ ।
आँफ्नै घरभित्र आगो, झोसेका छौं पाप लाग्छ ।

भएको सबै कारखाना, कौडीमा बेचेर खायौ,
जनताको बाँच्ने अधिकार, खोसेका छौं पाप लाग्छ ।

पद पाए सबै ठिक, नपाए द्वोयस राग,
बिना सित्तिमा अगुल्टो, ठोसेका छौं पाप लाग्छ ।

स्वर्गजस्तो धर्तीलाई, मरुभूमि बन्ने गरी,
मिलीजुली आलोपालो, सोसेका छौं पाप लाग्छ ।

 

१४ माघ २०७६
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार १०:१३