सूचनाको शक्ति - The Power Of Information

        

निर्भया दोषीका डमीलाई जेलभित्र फाँसीको रिहर्सल

नयाँदिल्ली । निर्भया बलात्कार तथा हत्याका चारैजना दोषीको डमीलाई सोमबार दोस्रो पटक फाँसी दिइएको छ । तिहाड जेलका अधिकारीले डमीलाई फाँसी दिने प्रक्रिया पूरा गरे । यो प्रक्रिया दोषीलाई फाँसी दिनुअघिको रिहर्सल मानिन्छ । यसअघि जनवरी १२ मा चारै दोषीका डमीलाई फाँसी दिइएको थियो ।

यी चारैजना दोषीको डमी उनीहरुको तौलको हिसाबले तयार गरियो । दिल्ली अदालतले चारै दोषीको डेथ वारेन्ट जारी गरेर उनीहरुलाई फेब्रुअरी १ तारिखमा बिहान ६ बजे फाँसी दिने आदेश दिएको छ । यसअघि १२ जनवरीमा हरेक दोषीको तौल बराबर ढुङ्गालगायतका सामग्रीबाट डमी बनाइएको थियो ।

त्यतिबेला डमीलाई फाँसी दिनका लागि जल्लाद बोलाइएको थिएन र जेल अधिकारीले नै यो प्रक्रिया पूरा गरेका थिए । त्यतिबेला अदालतले निर्भयाका चारै आरोपी अक्षय ठाकुर (३१), पवन गुप्ता (२५), मुकेश सिंह (३२) र विनय शर्मा (२६) विरुद्ध डेथ वारेन्ट जारी गरेर उनीहरुलाई जनवरी २२ तारिखमा फाँसी दिने आदेश दिएको थियो ।

त्यसपछि कानूनी प्रक्रियाका कारण पुनः डेथ वारेन्ट जारी भयो र अदालतले चारैजना दोषीलाई फेब्रुअरी १ तारिख बिहान ६ बजे फाँसी दिने आदेश दिएको छ । यी चारैजनालाई जेल नम्बर ३ मा फाँसी दिइनेछ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार ०९:३४