सूचनाको शक्ति - The Power Of Information

        

आगलागीबाट घर जलेर नष्ट

बझाङ । जयपृथ्वी नगरपालीका–१ कैलासमा आगलागी हुँदा एउटा घर जलेर पूर्णरुपमा नष्ट भएको छ । गएराती १२ बजे कैलासका लक्ष्मणबहादुर सिंहको घरमा लागेको आगोले घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।

पीडित डल्लीदेवी सिंहले भनिन्, ‘राती ११ बजेतिर खाना खाएपछि आगो निभाएर हामी सुतेका थियौं, १२ बजेतिर धुवाँको गुल्टो घरभित्र गयोे, पछि दुई छोरा, छोरीलाई बाहिर ल्याएर बचायौं, गोठबाट गोरुभैसी बाहिर निकाल्यौं, त्यतिबेला आगो धेरै लागिसकेको थियो ।’ आगलागी भएपछि छिमेकीहरुलाई फोन गरेर बोलाएर आगो नियन्त्रणमा लिने प्रयास गरेको उनले बताइन् ।

‘आगो लागेपछि घरभित्रको कुनैसामान बाहिर ल्याउन पाएनौं, अन्न कपडा गरगहना र नगद रुपैयाँसमेत क्षति भएको छ । चिसोमा लगाउने कपडा र बिहान बेलुकी खाने अन्नसमेत जलेर खरानी भयो,’ डल्लीदेवी भनिन् । आगलागी कसरी भयो भन्ने हालसम्म नखुलेको र घटनास्थल सदरमुकाम चैनपुरबाट करिब तीन घण्टा टाढा रहेको र उक्त स्थानमा सञ्चार सम्र्पक कम हुँदा के कति क्षति भयो भन्नेबारे एकिन जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी गणेश बमले बताए ।

प्रकाशित मिति : १४ माघ २०७६, मंगलवार ०९:००