सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम : राती वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज नेपालको पश्चिमी भेगमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव पर्ने देखिएको छ । भने तराई भेग तथा पश्चिमी पहाडी भूभागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ । सोमबार दिउँसो देशको पश्चिमी भुभाग लगायत मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । तराईका केहि भूभागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ ।

यसैगरी राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पश्चिमी भुभागका थोरै स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना रहेको छ । साँझतिर पुनः पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्ने भएकाले अझै केही दिन मौसम बिग्रने मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १३ माघ २०७६, सोमबार ०८:१३