चिरञ्जीवी ढकाल
न सुनाउनुहोस् खबर उसको, पारो तात्छ ।
बनाको छ सगरमाथा घुसको, पारो तात्छ ।
पुगीसरीले भरिपूर्ण, भएको छ पातकी,
आँफ्नो बदलिएन छानो फुसको, पारो तात्छ ।
पानी नसिव थिएन, मोईको त कुरै छोडौँ,
देख्दैनि हातमा बोतल जुसको, पारो तात्छ ।
जे भन्नुछ भन्नुस, हजुर नै साख्खै बन्नुस्,
नाम सुन्यो कि त्यो राष्ट्रको तुषको पारो तात्छ ।
हुँदैछ कोशिश देश, रणभूमी बनाउने,
सल्काई भित्रभित्र आगो भुसको, पारो तात्छ ।
चरम भ्रष्टाचारले देश, रुवाण्डा बन्दैछ,
भाषण सुन्दा चाइना र रुसको, पारो तात्छ ।
११ माघ २०७६
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके
चिरञ्जीवी ढकाल ।