चीन । कोरोना भाइरसको उद्गमस्थल उहान सहरमा चीनले छोटो समयमै एक विशाल अस्पताल बनाउने लक्ष्यसहित काम सुरु गरेको छ । उहानको बाहिरी भागमा बनाउने लागिएको उक्त अस्पताल एक हजार शैयाको हुनेछ । अस्पताल फेब्रुअरी ३ सम्ममा पूर्णरुपमा प्रयोग हुनेछ ।
चिनिया सरकारी मिडियाले उक्त अस्पतालको निर्माणमा संलग्न दजनौं क्रेन र अन्य निर्माण सामाग्रीको भिडियो र तस्विर बाहिर ल्याएका छन् । संचारमाध्यमका अनुसार यो संरचना २००३ को सार्स संकटको समयमा बेइजिङमा भएको प्रयासबाट प्रेरित छ । बेइजिङमा सार्सका विरामीलाई मात्र उपचार गराउनको लागि एकहप्तामै विशाल अस्पतात निर्माण गरिएको थियो ।
उहानमा सुरु भएको कोरोनाभाइरसको प्रकोपले विशाल रुप लिएपछि चीनले अहिले कडा कदम उठाएको छ । अधिकारी उहान र अन्य नौ सहरका सार्वजनिक यातायातमाथि प्रतिबन्ध लगाएको छ भने उहानका नागरिकलाई सकेसम्म घरबाट बाहिर ननिस्कन भनेको छ । त्यस्तै चीन अहिले वर्षकै सबैभन्दा ठूलो चाड अवधिमा रहिरहँदा उसले चाडका क्रममा मनाइने महत्वपूर्ण उत्सवलाई रद्द गरेको छ ।
सरकारले महामारी नियन्त्रणको लागि राजधानी बेइजिङका ठूलो जमघटसमेत रद्द गरेको छ । त्यस्तै हङकङ तथा अधिकांश सहरले पनि नागरिकलाई सार्वजनिक स्थान पन्छाउन आह्वान गरेको छ । कोरोना भाइरसका कारण हालसम्म ४१ मानिसको मृत्यु भइसकेको छ भने एक हजार २८७ मा कोरोनाभाइरस रहेको पुष्टि भएको छ । एजेन्सी
सत्यपाटी ।