सूचनाको शक्ति - The Power Of Information

        

कोरोना भाइरस संक्रमितको उपचारमा संलग्न डाक्टरकै मृत्यु

डा लियाङ वुदोङ (तस्वीर : मिरर डटको डट युके)

डा लियाङ वुदोङ (तस्वीर : मिरर डटको डट युके)

काठमाडौं । चीनमा कोरोना भाइरस संक्रमित बिरामीको उपचारमा खटिएका डाक्टरकै मृत्यु भएको छ । चाइना ग्लोबल टेलिभिजन नेटवर्क(सीजीटीएन)का अनुसार हुबेई सिन्ह्वा अस्पतालमा कार्यरत ६२ वर्षीय डाक्टर लियाङ वुदोङको कोरोना भाइरसकै कारण मृत्यु भएको हो । कोरोना भाइरसको संक्रमणबाट चिकित्सककै मृत्यु भएको सम्भवतः यो पहिलो घटना हो ।

डाक्टर लियाङ कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि अग्रपंक्तिमा रहेर खटेको चिनियाँ सञ्चार माध्यमलले जनाएका छन् । योसँगै चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । त्यस्तै १ हजार २ सयभन्दा बढी जनामा यसको संक्रमण भएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । एजेन्सी

प्रकाशित मिति : ११ माघ २०७६, शनिबार १२:०७