सूचनाको शक्ति - The Power Of Information

        

आयल निगमले माग्यो ६२ पदमा कर्मचारी, एसएलसी पासलाई पनि अवसर

काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदमा कर्मचारी भर्ना गर्न दरखास्त आवेदन माग गरेको छ । आयल निगमले शुक्रबार विज्ञापन प्रकाशित गर्दै विभिन्न ६२ पदमा जागिर खुलाएको हो । मेकानिकल र सिभिलतर्फकोे उपप्रवन्धकदेखि सहायक मिस्त्रीसम्मका पदमा जागिर खुलेको छ । प्राविधिक देखि अप्राविधिकतर्फ पनि दरखास्त माग गरिएको छ ।

मेकानिकल उपप्रवन्धका ३ र सिभिलतर्फ ४ जना माग गरिएको छ । यस्तै , कम्प्युटर इन्जिनियर, इण्डलस्ट्रियल, पेट्रोलियम, केमिकल र इलेक्ट्रोमेकानिकलतर्फ एक(एक जना उपप्रवन्धक मागिएको छ । प्रशासन सहायक प्रवन्धक ९, लेखा सहायक प्रवन्धक ७, आइटी सहायक प्रवन्धक ३, प्रशासन बरिष्ठ सहायक ६, बरिष्ठ लेखा सहायक ४, बरिष्ठ ल्याब सहायक २ र बरिष्ठ कम्प्युटर सहायक ४ जनाका लागि आवेदन खुलेको छ ।

यसैगरी प्रशासन सहायक, लेखा सहायक र सहायक पदहरुका पनि आवेदन माग गरिएको छ । सम्बन्धित विषयमा स्नातक गरेका र एसएसलसी पास गरेका सम्मले पदअनुसार आवदेन दिन सक्नेछन् । निगमले इच्छुक योग्य नेपाली नागरिकबाट jobs.noc.org.np/open मा गई अनलाइनमार्फत सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र दोब्बर दस्तुर तिरी म्याद सकिएको ७ दिनाभित्र दरखास्त दिन मिल्ने गरी सूचना जारी गरेको छ ।

हेर्नुहोस विज्ञापन

प्रकाशित मिति : १० माघ २०७६, शुक्रबार १३:४८