सूचनाको शक्ति - The Power Of Information

        

१०० विकेट लिने खेलाडीको कीर्तिमान नजिक सन्दीप

काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछाने टी–२० क्रिकेटमा छोटो समयमै एक सय विकेट लिने खेलाडीको किर्तिमान नजिक छन् । बिग बास लिगमा बुधबार सतक विकेट पुर्याउने लक्ष्यमा रहेका सन्दीपले त्यो लक्ष्य भेट्टाउन सकेनन् ।

बिग बासमा मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीप १३औं खेलमा विकेट विहीन भए । एडिलेड स्ट्राइकर्स बिरुद्ध सन्दीपले तीन ओभर बलिङ गरेका २४ रन खर्चिए तर विकेट लिन सकेनन् । टी–२० क्रिकेटमा ९८ विकेट लिइसकेका सन्दीपलाई एक सयको आँकडा पूर्याउन अझै अर्को खेल कुर्नु पर्ने भएको छ ।

उनले अहिलेसम्म १८ वटा टी–२० अन्तर्रा्स्ट्रिय क्रिकेटमा २८ र ५४ वटा विभिन्न टी–२० क्रिकेट लिगमा ७० विकेट लिँदै ९८ विकेट पुर्याएका हुन् । आज पहिले ब्याटिङ गरेको एडिलेडले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा एक ६२ रन बनाएर मेलबर्नलई एक सय ६३ रनको लक्ष्य दिएको छ ।

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार १६:३३