सूचनाको शक्ति - The Power Of Information

        

गजल

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल

कालापानी खाली गर्ने, हिम्मत हेर्ने मन छ ।
जन्मभूमिप्रति तिम्रो, इज्जत हेर्ने मन छ ।

जन्ता डुबेर मर्दा, कोशी खोलिन्न तिमीबाट,
हेपाइका बिरुद्ध, वगावत हेने मन छ ।

तिम्रो मुटुमा देख्छु सँधै, म रङ्गहिन पानी,
अब अलिकति रातो, रगत हेर्ने मन छ ।

इतिहासका कमजोरीलाई, सच्याएको त्यो,
पुनः नयाँ सम्झौतामा, दस्खत हेर्ने मन छ ।

हुन्न भन्दाभन्दै हिजो, कोशी, काली, लिपु गए,
पहिलेको भन्दा फरक, आदत हेर्ने मन छ ।

एमसीसीको नाममा, नबोलाउ भो वादल,
मलाई शिरमाथि निलो, छत हेर्ने मन छ ।

 

१० माघ २०७६
नेपालगन्ज–२०, राँझा एयरपोर्ट बाँके

प्रकाशित मिति : ८ माघ २०७६, बुधबार ०९:४७