काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आइतबार जिल्ला प्रशसान कार्यालयमा मुलुकी अपराध संहिता ऐन २०७४को दफा ११८ अनुसार अभद्र कसूरका आधारमा पक्राउ पुर्जी जारी गरिएको हो ।
उनीविरुद्ध उक्त आरोप पुष्टि भए एक वर्षसम्म कैद र १० हजारदेखि एक लाखसम्म जरिवाना हुनसक्छ । गत बुधबार त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनल कक्षमा सुरक्षा चेकजाँचका क्रममा गायिका राउतले महिला प्रहरीमाथि दुर्व्यवहार गरेको भन्दै महानगरिय प्रहरी परिसर टेकुमा उजुरी दर्ता भएको थियो ।
सोही आधारमा रावतलाई पक्राउ पुर्जी जारी गरिएको हो । काठमाडौंबाट झापा भद्रपूर उडान भर्ने समय त्रिभुवन विमानस्थलमा चेकजाँचका क्रममा प्रहरीले आफूलाई दुव्र्यवहार गरेको गायिका राउतको आरोप छ । उनले यस सम्बन्धमा सामाजिक सञ्जालमा जानकारी गराउने क्रममा जाथाभावी बोलेकी थिइन् ।
सत्यपाटी ।