सूचनाको शक्ति - The Power Of Information

        

अन्नपूर्ण पदमार्गमा तीन नेपालीसहित ११ जना बेपत्ता

काठमाडौं । अन्नपूर्ण पदयात्राका लागि गएका आठ विदेशी पर्यटकसहित तीन नेपाली अहिलेसम्म बेपत्ता रहेका छन् । बेपत्ता हुने विदेशी पर्यटकमा दक्षिण कोरियाका जोङपिल डोङ, ली मिन सु, टोयो हायो वन र किम सुक जा तथा शेर्पा छिसिङ लामा, भरिया मीनबहादुर लामा र सरोज नेपाली छन् ।

यस्तै, मनाङमा चारजना चिनियाँ नागरिक सम्पर्कविहीन छन् । शुक्रबार अन्नपूर्ण आधार शिविर जान हिँडेका उनीहरू ३१०० मिटरको देउरालीसम्म पुगेका थिए । माथिको मौसम खराब रहेको थाहा पाएपछि त्यहीँबाट फकर्ने क्रममा उनीहरू सम्पर्कविहीन भएका हुन् ।

पदमार्ग अन्तरगत कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित देउरालीबाट २५०५ मिटरको दोभान र २९२० मिटरको हिमालयनको बीचमा पर्ने हिंकु भन्ने स्थानबाट उनीहरू सम्पर्कविहीन भएको बताइएको छ । शनिबार बेपत्ताको खोजीका लागि हेलिकप्टरसमेत प्रयोग गरी खोजी गरिए पनि पत्ता लाग्न नसकेको बताइएको छ । पदयात्रामा गएर अलपत्र परेका १४१ जनाको भने उद्वार गरिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतवार ११:२०