सूचनाको शक्ति - The Power Of Information

        

गजल

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल

स्वर्ग जस्तो देश मेरो, ठानेर सस्तैछ ।
सुन्दैछु सीमानाभित्र, दुस्मन पस्तैछ ।

जस्ले यूद्द गर्न सिकाएथ्यो, उसैसँग,
निहु खोजेर उस्ले काल, खोजे जस्तैछ ।

न बिर्सियोस म, गोर्खालीको,सन्तान हुँ,
यो वाहुमा ताकत, अहिले नि मस्तैछ ।

नजिस्कियोस त्यो मूर्ख, काल जिस्क्याएर,
खुकुरीबाट रगत, तप्तप खस्तैछ ।

सपना नदेखोस्, स्वर्गको टुक्रामा टेक्ने,
मेरो खुकुरीमा धार, जस्ताको तस्तैछ ।

 

५ माघ २०७६
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : ५ माघ २०७६, आइतवार ०८:४२