
फाइल तस्वीर
काठमाडौं । देशभरको मौसममा शुक्रबार सामान्यदेखि पूर्ण बदली भएर अधिकांश स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । नेपालको पश्चिमी, मध्य भूभाग र पुर्वी पहाडी भूभागमा अहिले पनि सामान्य देखि पूर्णतया बदली रहेको मौसमविदले बताएका छन् ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली भएको महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
सत्यपाटी ।