सूचनाको शक्ति - The Power Of Information

        

गजल

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल

फूल चुडिँदा मुस्कुराउने, माली भएपछि ।
समाजमा दुई चार जना, जाली भएपछि ।

कसरी हुन्छ देश अनि, जनताको प्रगति ?
ढुकुटीमा भ्रष्टको, हालीमुहाली भएपछि ।

नाराले मात्रै भ्रमण वर्ष, सफल हुन्छ र,
सडकमाथि नै दुर्गन्धित, नाली भएपछि ?

मरुभूमिमा फूल फूलाउने, गुम्नाम छन्,
नेताका नजरमा, साला साली भएपछि ।

सुधार्न जति खोजे पनि, नतिजा देखिएन,
क्यै लागेन मूर्खलाई अर्ती, गाली भएपछि ।

जनताले हर युद्धमा, साथ नदिएका हैनन्,
व्यर्थ भयो नेताको दिमाग, खाली भएपछि ।

फेरी हुन्छ विद्रोह, आगो बल्छ सालिक ढल्छ,
सधैं जनताको हातमा, रित्तो थाली भएपछि ।

 

२५ पुस २०७६
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : २५ पुष २०७६, शुक्रबार ०८:०१