एजेन्सी । इराकमा रहेका दुई अमेरिकी सैन्य बेसक्याम्पलाई लक्षित गरेर भएको मिसाइल आक्रमणमा कम्तिमा ८० जना अमेरिकी नागरिक मारिएको इरानले दाबी गरेको छ । इरानको राष्ट्रिय टेलिभिजनले बुधबार बिहान गरेको एक दर्जनभन्दा बढी ब्यालेस्टिक मिसाइल आक्रमणमा कम्तिमा ८० जना अमेरिकी ‘आतंककारी’को मृत्यु भएको दाबी गरेको हो ।
तेहरानले १५ वटा मिसाइल आक्रमण गरेको जनाइएको छ । इरानको राष्ट्रिय टेलिभिजनले रिभोलुसनरी गार्डका उच्च अधिकारीलाई उद्धृत गर्दै १०० जनाभन्दा बढी घाइते भएको दाबी गरेको छ । आक्रमणमा अमेरिकी हेलिकप्टर तथा सैन्य सामग्रीमा गम्भीर क्षति पुगेकोसमेत इरानी टेलिभिजनको दाबी छ ।
सत्यपाटी ।