सूचनाको शक्ति - The Power Of Information

        

गजल : उस्तै देख्छु

चिरञ्जीवी ढकाल

चिरञ्जीवी ढकाल

मेरो भाई र छिमेकीको,सक्कल उस्तै देख्छु ।
देशप्रतिको दृष्टिकोण, नक्कल उस्तै देख्छु ।

छिमेकी गुलाम थियोे, गुलामै होस् चाहन्छ,
उसकै लैलैमा छ भाई, अक्कल उस्तै देख्छु ।

म स्वाभिमानी र आधुनिक, हुनुपर्छ भन्छु,
छिमेकीको घरमा जस्तो, मक्कल उस्तै देख्छु ।

उ त हाम्रो अस्तित्व नै, सिध्याउन चाहन्थ्यो नै,
यताउता दुईतिरकै, भक्कल उस्तै देख्छु ।

संगतले गर्दा हो कि, रङ्गढङ्ग मिल्न थाल्यो,
छिमेकी र मेरो भाईको, बक्कल उस्तै देख्छु ।

 

२१ पुस २०७६
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके

प्रकाशित मिति : २१ पुष २०७६, सोमबार ०९:४०