चिरञ्जीवी ढकाल
जे जे घस्न मन लाछ श्रृङ्गार, घस मजैले ।
नजरको बाटो भै दिलभित्र, पस मजैले ।
स्वागत छ महारानी, दिलको सिंहासनमा,
आफ्नै सम्झी विराजमान भै, बस मजैले ।
बन्दी हुन्छु भन्छ मन यो, तिम्रो कारागारमा,
उम्किन नसकोस् चारकिल्ला, धस मजैले ।
कोलभित्रको तोरी होस,पृतीको घान आज,
हुनुपर्छ तेल, पिना अलग, कस मजैले ।
हेर्दै पनि नसा लाग्ने, नसालु अधरबाट,
डसिने इच्छा गर्यो धित मार्दयौ, डस मजैले ।
दिने त केही छैन, बक्सिस यो फकिरसँग,
अरु नसकेनी दिउँला प्यारी, जस मजैले ।
१८ पुस २०७६
नेपालगन्ज–२०, राँझा एयरपोर्ट, बाँके
चिरञ्जीवी ढकाल ।