सूचनाको शक्ति - The Power Of Information

        

‘रौनियार’लाई प्रजातान्त्रिक प्यानलको नेतृत्व

नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचन

बाँके । नेपालगन्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि साझा प्रजातान्त्रिक व्यवसायीक प्यानलले ललित रौनियारको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ । शुक्रवार आयोजित घोषणासभामा प्रजातान्त्रिक समूहले उम्मेदवारी घोषणा गरेको छ ।

उक्त प्यानलको उपाध्यक्ष (उद्योग)तर्फ तपेन्द्रबिक्रम शाह, वाणिज्यतर्फ अमित बस्नेत उम्मेद्वार रहेका छन् । सदस्यमा क्रमश अजयकुमार टण्डन, मख्खन धामी, तेजनारायण कँडेल, सुनिल सिंघल, विन्दु चर्ती मगर, टंकप्रसाद शर्मा, टेकबहादुर खड्का, बदरुद्दिन अन्सारी, विष्णुप्रसाद श्रेष्ठ, दिपेन्द्रराज श्रेष्ठ, सन्तोषकुमार बैश्य, सुरेन्द्रसिंह सरदार छन् ।

घोषणासभामा प्रदेशसभाका सदस्य मोहमद याकुव अन्सारी, नेपालगन्ज उपमहानगरपालिकाको उपमेयर उमा थापामगर, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य अच्यूत प्रसाई, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुनिल शर्मा, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य लगायतको सहभागिता थियो ।

उम्मद्वारी घोषणापछि बोल्दै अध्यक्ष पदका उम्मेद्वार ललित रौनियारले आफु उद्योगी, व्यवसायीको हितमा सक्रिय हुने बताउँदै बिगत हेरेर व्यवहार नगर्न आग्रह गरेका छन् । उनले आफु वर्षौदेखि व्यवसायीक हितमै लागेको उल्लेख गर्दै नेतृत्वमा पुगेपछि सबै बिर्सिएर संघ र बाँकेको उद्योग, व्यवसायका क्षेत्रमा सक्रिय हुने बताए ।

प्रकाशित मिति : १८ पुष २०७६, शुक्रबार १७:२९