बाजुरा । बाजुराको हिमाली गाउँपालिका–७ बाधु धुलाचौरबाट कोल्टीतर्फ जाँदै गरेको से १ ज १०६४ नम्बरको बोलेरो जीप कर्णाली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा चार जना घाइते भएका छन् । घाइतेको बाजुराको कोल्टी स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बाजुराका प्रहरी नायव उपरीक्षक (डीएसपी) उद्धवसिंह भाटका अनुसार जीपमा नौ जना यात्रु रहेका थिए । मृतकमध्ये बाजुराको जगन्नाथ गाउँपालिका ५ बस्ने सवारी धनी तथा चालक रमेश शाही र हिमाली गाउँपालिका ६ बस्ने पवन भण्डारीको पहिचान भएको र अन्यको नाम नखुलेको प्रहरीले जनाएको छ ।
सत्यपाटी ।